• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

काठमाडौँ । गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा वाईवाई प्रसिद्ध रहेको छ । चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाईबाट उत्पादन सुरु भएको वाईवाईले एसिया र युरोप अमेरिकामा प्रसिद्ध पाएको हो । 

उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउने सीजी पहिलो कम्पनी हो । हाल सीजीले विभिन्न पाँच देशबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको छ । गुणस्तरले गर्दा विश्वव्यापी रूपमा वाईवाई इन्स्ट्यान्ट नूडलल्सको वृद्धि भइरहेको कम्पनीले जनाएको छ । उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुँदै गएको सीजीले बताएको छ । 

कच्चा सामान फ्याक्ट्री पुग्नु अघि देखिनै गुणस्तरमा ध्यान दिएको र आपूर्ति गरिएका सामग्री गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गरेको सीजीको भनाइ छ । 

प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नु अघि गुणस्तर जाँचको  मापदण्ड पुरा गरेको हुनुपर्ने र मानक पूरा नभए सामान अस्वीकार हुने गरेको तथा आपूर्तिकर्तालाई नै फिर्ता गरिने गरिएको जनाइएको छ । 

सीजीले भनेको छ, ‘दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन् । प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्दछन् । कुनै त्रुटि देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ । यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ । उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुन गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि ढर्यान्डम्ली) नमूना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।’

सीजीसँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू रहेको र प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेको बताइएको छ । सीजीले भनेको छ,  ‘यस कार्यलाई प्रत्येक उत्पादन इकाईमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याबगरि गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सिमित हुदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मुल्यङ्कन र परिक्षण गरिन्छ ।’

विश्व प्रसिद्ध उत्पादनहरू हाल अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको बताइएको छ ।  

Adblock test (Why?)